काठमाडौं ।
काठमाडौं । सामसंगले आउँदो सेप्टेम्बरमा आफ्नो महत्वाकांक्षी ग्यालेक्सी फोल्ड स्मार्टफोनलाई दोस्रो पटक सार्वजनिक गर्ने तयारीमा छ ।
कम्पनीले फोल्डेबल फोन ल्याउने घोषणासँग सामसंगको प्रतिस्पर्धी अर्को स्मार्टफोन मेकर ह्वावेले पनि त्यसको करिब एक महिनापछि फोल्डेबल फोन मेट एक्स लन्च गर्ने तयारी गरिरहेको छ ।
यी दुबै कम्पनीहरुले यसअघि नै फोल्डेबल फोन बजारमा ल्याउने घोषणा गरेपनि सामसंगको फोल्डेबल फोनको बजार परीक्षणको अवधिमा नै समस्या आएपछि दुबैले लन्च डेट पर सारेका थिए । अब भने दुबै कम्पनीहरुले एकै पटक फोल्डेबल फोन लन्च गर्ने अनुमान गरिएको छ ।
सामसंगको ग्यालेक्सी फोल्डका साथसाथै ह्वावे मेट एक्स फोन पनि सेप्टेम्बरमा नै आउन सक्ने अनुमान गरिएको छ ।
कम्पनीका वेस्टर्न यूरोप रिजनका प्रेसिडेन्ट भीनसेन्ट प्याङ्गले संभवत यो सेप्टेम्बेरमा नै आउने बताएका थिए । अहिले भने सो डिभाइस कम्पनीका अधिकारीको हातमा देखिएको छ । ह्वावे कन्जुमर बिजनेस डिभिजनका सिईओ रिचार्ड यूले सो फोन प्रयोग गरिरहेको भेटिएको हो । एजेन्सी
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार