गूगलले फोटोज एपको लाइट भर्सनमा ग्यालरी एप ल्यायो, कम स्थानमा नै फोटोहरु स्टोर गर्न सकिने

  • Technology Khabar | १० श्रावण २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । गूगलले हालै गो एपअन्तरगत ग्यालरी गो लन्च गरेको छ । कम्पनीले गूगल गो, म्याप्स गो र यूट्यूब गो पछि नयाँ एप ग्यालरी गो लन्च गरेको हो ।

यसअघि रहेको फोटोज एपको लाइटर भर्सनको रुपमा गूगलले ग्यालरी गो ल्याएको छ । जसमा फोटो सिंक गर्ने र म्यानेजमेन्टको कार्यहरु गर्न सकिन्छ । यो लाइट एपको लागि कम डाटा भए पुग्दछ भने थोरै स्थान लिन्छ । ग्यालरी गोको साइज केबल १० एमबी छ जून यसअघि रहेको गूगल फोटोज एपको १३० एमबी साइजको तुलनामा नगन्य हो ।

नयाँ एपमा ती सबै फिचरहरु छन जून परम्परागत फोटोज एपमा रहेका थिए, जसमध्ये अटो अर्गनाइजेसन्, फोटो फाइण्डर र इजी एडिटिंग एक्रोस मल्टिपल डिभाइसेज रहेका छन् ।

यसमा स्क्रीनसट्स, डकुमेन्ट्स र भिडियोहरुका लागि छुट्टै क्याटोगरी ट्याब रहेको छ भने कन्टेन्टमा आधारित ग्रुपिंग फीचर रहेको छ । गूगल फोटोजका जस्तै यसमा पनि तस्वीरहरु क्रोनोलोजिकल अर्डरमा सिंक र डिस्प्ले हुने गर्दछ ।

यो एप अफलाइनमा पनि काम गर्नेकिसिमले बनाईएको छ । यदि तपाईँ पनि ग्यालरी गो एप प्रयोग गर्न चाहनुहुन्छ भने यसको लागि एन्ड्रोयड ८.१ ओरियोभन्दा माथिका अपरेटिंग सिस्टममा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया