
काठमाडौं ।
काठमाडौं । नेपालमा मोबाइलमार्फत बैंकिङ्ग कारोबार गर्ने ग्राहकहरुको संख्या ७० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीतिअनुसार मोबाइल बैंकिङ्गका ग्राहकहरुको संख्या ७० लाख नाघेको हो।
नेपालमा २०७६ वैशाख मसान्तसम्ममा बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड ७३ लाख तथा कर्जा खाता संख्या १४ लाख ५४ हजार मध्ये करिब ७० लाख ग्राहकहरुले मात्र मोबाइल बैंकिङ्ग सेवा लिईरहेको देखिन्छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७५ चैत मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग सेवा लिने ग्राहकहरुको संख्या भने ८ लाख ९३ हजार पुगेको छ ।
त्यस्तै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको एटीएमको संख्या ३ हजार १ सय ८८ वटा छन भने जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ।
प्रकाशित: ९ श्रावण २०७६, बिहीबार