वर्ल्डलिंक कम्युनिकेसन्सले ल्यायो ‘अब हरेक टिभीमा यूट्युब’ अफर, टिभीमार्फत नै यूट्युब हेर्ने सुविधा

  • Technology Khabar | ८ श्रावण २०७६, बुधबार
वर्ल्डलिंक कम्युनिकेसन्सले ल्यायो ‘अब हरेक टिभीमा यूट्युब’ अफर, टिभीमार्फत नै यूट्युब हेर्ने सुविधा

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा यूट्युब’ नामक अफर सार्वजनिक गरेको छ ।

सो अफरअन्तर्गत वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभी मार्फत नै साथीभाई वा परिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो सुविधा स्मार्ट टिभीमा मात्र नभई नन-स्मार्ट वा साधारण सिआरटि टिभीमा पनि उपलब्ध हुनेछ । हाल नेटटिभीले आफ्ना ग्राहकहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको उल्लेख छ।

नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु सहजरुपमा नै यूट्युबमार्फत हेर्न सक्ने कम्पनीले जनाएको छ ।।

प्रकाशित: ८ श्रावण २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ८ श्रावण २०७६, बुधबार