
काठमाडौं ।
काठमाडौं । कोरियाली टेक कम्पनी सामसंगले यहि वर्ष आफ्नो फोल्डेबल फोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो । कम्पनीले ग्यालेक्सी फोल्डमा आएको समस्या समाधान गरेर फेरी त्यसलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । तर अहिले भने कम्पनीले नयाँ प्रविधियुक्त स्मार्टफोन ल्याउने तयारी गरेको छ ।
फोल्ड गर्न सकिने फोनपछि अब सामसंगले रिट्र्याक्टेबल स्क्रीन भएको स्मार्टफोन ल्याउने तर्फ काम गरिरहेको छ । यो यस्तो स्मार्टफोन हुनेछ जसको स्क्रीन तान्दा बढाउन सकिनेछ । सामसंगले केहि दिन पहिलो बाहिरपट्टि स्क्रीन भएको फोल्डेबल स्मार्टफोन र ड्यूल फोल्डेबल स्मार्टफोनको पेटेन्ट दर्ता गरेको थियो । अब फेरी कम्पनीले स्क्रीन तान्दा ठूलो साइजमा बनाउन सकिने स्मार्टफोन विकास गर्ने प्रयास गरिरहेकोछ ।
सो नयाँ डिभाइसको बारेमा हालै लेट्सगोडिजिटल वेबसाइटमा देखिएको छ । पेटेन्टमा स्क्रीनलाई तारेर ठूलो पारिनेछ । सो पेटेन्ट डिजाइनकाअनुसार आगामी दिनमा आउने स्मार्टफोनको स्क्रीन दुबैतर्फबाट बढाउन सकिनेछ र यसबाट हाइब्रिड स्मार्टफोन ट्याबलेटको रुपमा देखिन्छ ।
पेटेन्टकाअनुसार डिभाइसमा एउटा पंच होल कटआउट हुनेछ भने यस बाहेक यूएसबी टाइप सी पोर्ट पनि हुनेछ । टाइप सी पोर्टको दुबै साइडमा स्पीकर ग्रील हुनेछ ।
यस्तो स्क्रीन तन्काउन मिल्ने स्मार्टफोनमा ६.७ इन्चको ओएलईडी डिस्प्ले हुनेछ र यो भर्टिकल फोल्ड हुनेछ ।एजेन्सी
प्रकाशित: ६ श्रावण २०७६, सोमबार