जेडटिईद्धारा ड्यूल स्क्रीन डिजाइन भएको स्मार्टफोनको पेटेन्ट दर्ता, साथमा ट्रिपल रियर क्यामरा

  • Technology Khabar | ६ श्रावण २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । जेडटिईको सब ब्राण्ड नूबियाले यसअघि ल्याएको नूबिया एक्स स्मार्टफोन सम्झनुभएको छ । नूबियाले पहिलो पटक ड्यूल स्क्रीन स्मार्टफोन नूबिया एक्सको नाममा लन्च गरेको थियो ।

नूबिया एक्समा एज टू एज डिस्प्ले प्रयोग गरिएको थियो जून स्मार्टफोन गत वर्षको नोभेम्बरमा रिलिज भएको थियो । अब फेरी जेडटिईले सोहि डिजाइनको अर्को पेटेन्ट दर्ता गरेको छ ।

हालै आएको रिपोर्टअनुसार जेडटिईले नयाँ ड्यूल स्क्रीन पेटेन्ट दर्ता गरेको छ जसमा दोस्रो स्क्रीन रियर साइड सानो किसिमको हुनेछ ।
पछाडिको भागमा हुने सानो स्क्रीन बिच भागमा स्क्वायर डिजाइनमा हुनेछ तर यो नूबिया एक्सको भन्दा निकै ठूलो रहनेछ । यसबाहेक फोनमा ट्रिपल रियर क्यामरा हुनेछ भने ड्यूल बटन स्पीकरहरु राखिने छ । चार्जको लागि यूएसबी टाइप सी चार्ज हुनेछ ।

अहिलेका लागि यो केबल एउटा पेटेन्ट मात्र हो जून कम्पनीले भविश्यमा स्मार्टफोनको रुपमा ल्याउन पनि सक्दछ । तर त्यसको लागि भने केहि समय लाग्नेछ । एजेन्सी

प्रकाशित: ६ श्रावण २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार