Technology Khabar ५ श्रावण २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । फ्रान्सेली अटोमेकर रेनोले चीनको जियानलिंग मोटर्ससँग चिनियाँ बजारको लागि केन्द्रि हुँदै इलेक्ट्रिक भेहिकलको विकास गर्न ज्वाइन्ट भेन्चरको घोषणा गरेको छ ।
दुबै कम्पनीहरुले गरेको घोषणा अनुसार ग्रुपे रेनोले जेएमईभीको ५० प्रतिशत शेयर लिनको लागि करिब १४४ मिलियन अमेरिकी डलर लगानी बढाउने छ, जसले जेएमसिजीको सब्सिडरी स्थापना गर्नेछ।
यो सहकार्य जेएमसीज र ग्रुपे रेनोको रणनीति अन्तरगत भएको हो । जसअन्तरगत यो वर्ष ग्रुपे रेनोले चिनियाँ इलेक्ट्रिक भेहिकल बजारमा आफ्नो प्रभावलाई बिस्तार गर्न सक्षम हुने बताएको छ।
यसका साथै रेनोले चीन महत्वपूर्ण बजार भएको र इलेक्ट्रिक भेहिकल व्यवसायको लागि जेएमसिजीसँगको व्यवसायले कम्पनीको चीनमा बजार बढाउने रणनीतिलाई सहयोग पुग्ने उल्लेछ गरेको छ।
ग्रुपे रेनोले इलेक्ट्रिक भेहिकलमा ध्यान केन्द्रित गर्नेगरि अर्को चीनियाँ ज्वाइन्ट भेन्चर पनि संचालन गरिरहेको छ । एजेन्सी
प्रकाशित: ५ श्रावण २०७६, आईतवार