शाओमीको आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा, अन्तर्राष्ट्रियस्तरको सर्विस दिने

  • Technology Khabar | ३ श्रावण २०७६, शुक्रबार
शाओमीको आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा, अन्तर्राष्ट्रियस्तरको सर्विस दिने

काठमाडौं ।

काठमाडौं । शाओमी नेपालले आफ्नो आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा ल्याएको छ । शाओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर शाओमी नेपालले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारीक सर्विस सेन्टर संचालनमा ल्याएको हो ।

शाओमीको आधिकारीक सर्विस सेन्टरको उद्घाटन शाओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, शाओमीका साउथ एशिया सर्विस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, ईसीआरसीका संजित पौडेललगायत कम्पनीका अधिकारीहरु तथा प्रतिनिधिले संयुक्तरुपमा गरे ।

सो सर्विस सेन्टरमा शाओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्विस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको छ ।

सर्विस सेन्टरले नेपाली सेवाग्राहीहरुलाई शाओमीको अन्तर्राष्ट्रिय स्तरको सर्विस दिने जनाएको छ ।

प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ३ श्रावण २०७६, शुक्रबार