टोयोटाले यस्तो डिजाइनमा चन्द्रमामा कुदाउन मिल्ने गाडि बनाउने, सोलारबाट रिचार्ज

  • Technology Khabar | २ श्रावण २०७६, बिहीबार
टोयोटाले यस्तो डिजाइनमा चन्द्रमामा कुदाउन मिल्ने गाडि बनाउने, सोलारबाट रिचार्ज

काठमाडौं ।

काठमाडौं । अटो मेकर कम्पनी टोयोटाले जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सीसँगको सहकार्यमा फ्यूल सेल मून रोभर भेहिकलमा काम गर्ने भएको छ । सो भेहिकल कम्पनीले सन् २०२९ मा हुने मून मिसनको लक्ष्य लिएर निर्माण गर्ने भएको हो ।

यसअघि नै घोषणा गरिएको सो निकै महत्वाकांक्षि अभियानको लागि दुबै कम्पनीहरुले यहि मंगलबार औपचारिकरुपमा सम्झौता गरेका छन जसमा प्रेसराइज लूनार रोभर प्रोटोटाइप्स आगामी ३ वर्षभित्र बनाईसक्ने उल्लेख छ ।

सम्झौताअनुसार प्रत्येक वर्ष प्रोटोटाइपको विभिन्न फेजहरुको विकास गर्ने लक्ष्य राखिएको छ जसमा सन् २०१९ मा प्राविधिक आवश्यकताहरु पत्ता लगाउने र स्पेशिफिकेसनहरु निर्माण गर्ने उद्धेश्य छ भने अर्को वर्ष प्रोटोटाइप रोभरका लागि निर्माण गरिएका पार्टसहरुको परीक्षण गर्ने र अन्तिम वर्ष २०२१ मा रोभर पार्टस र रोभर प्रोटोटाइपलाई पूर्णरुपमा उत्पादन गर्न सकिने संभावनाका साथ परीक्षण गर्ने योजना छ ।

प्रेसराइज रोभरले एस्ट्रोनट्सलाई १० हजार किलोमिटरसम्म फ्यूल सेलको माध्यमबाट र सोलार रिचार्ज प्रणालीमार्फत यात्रा गराउन सक्नेछ । सो रोभरमा दुईजना मानिसहरु बस्नसक्ने क्षमता हुनेछ भने अत्यावश्यक अवस्थामा अधिकतम ४ जनालाई यात्रा गराउन सकिनेछ ।

मून रोभरको साइज दुईवटा माइक्रोबस जत्रै हुने टोयोटाले उल्लेख गरेको छ जसमा करिब २० फिट लामो र १७ फिट चौडाई तथा १२.५ फिट उचाईको हुनेछ । ६ चक्के रोभरलाई पावर रिचार्ज गर्नका लागि सोलार प्यानलहरु राखिनेछन् । एजेन्सी

प्रकाशित: २ श्रावण २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार