ताम्राकार कम्प्लेक्सको तेश्रो तल्लामा सामसङ मोबाइलको सर्भिस सेन्टर, भिआईपीलाई छुटै काउन्टर

  • Technology Khabar | १ श्रावण २०७६, बुधबार
ताम्राकार कम्प्लेक्सको तेश्रो तल्लामा सामसङ मोबाइलको सर्भिस सेन्टर, भिआईपीलाई छुटै काउन्टर

काठमाडौं ।

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्तरिय सेवा सहित शुरु गरेको छ ।

ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा स्थानान्तरीत नयाँ सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लावाट संचालित थियो ।

सेन्टरको शुभारम्भमा सामसङ नेपालका उपाध्यक्ष वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट दिपक मलोहत्रा, आई एम हेड प्रणय रत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आई एम एस केयरका सर्भिस म्यानेजर कुणाल गुरुङ्गलगायतको उपस्थिती थियो ।

उक्त सेन्टरमा सर्भिस सेन्टरमा ५ बाट १० काउन्टर सम्म थप गरिएको छ । यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर (फ्लेगसिप फोन) को लागि छुटै काउन्टरको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले काठमाडौं उपत्यका भित्र (सुन्धारा, कमलादी, बालाजु) ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायक तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल, विर्तामोड, हेटौडा, धनगढी, जनकपुर, दाङ्ग र दमौलीमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

“ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिनेछ, सर्भिस प्रमुख राजन भट्टराईले भने ।

प्रकाशित: १ श्रावण २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार