
काठमाडौं ।
काठमाडौं । एप्पलले यो वर्षको अन्त्यतिर आफ्नो नयाँ पुस्ताका आइफोनहरु लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले अहिले ती आइफोनहरुको विकास र निर्माण तिब्रगतिमा गरिरहेको र विभिन्न फीचरहरु राखिने रिपोर्टहरु आई नै रहेका छन् ।
एप्पलको नयाँ आइफोन ११ मा ट्रिपल क्यामरा सेटअप हुने विश्लेषकहरुले अनुमान गरेका छन भने विभिन्न जानकारी पनि लीक भईरहेका छन् ।
हालै आएको नयाँ रिपोर्टअनुसार आइफोन ११ म्याक्स (iPhone 11 Max ) वा एक्सआई म्याक्समा ‘युवा ट्रिपल क्यामरा सेटअप’ Yuba triple camera setup हुने बताईएको छ । त्यसैगरि सो आइफोनको नयाँ रियल इमेज पनि लीक भएको छ ।
स्ल्यासलीकका अनुसार सो तस्वीर आइफोन ११ को रियल तस्वीर हो । सो तस्वीरअनुसार आइफोनमा ट्रिपल क्यामराका साथमा एलईडी फ्ल्याश राखिएको देखिन्छ । त्यसैगरि यसको मिडिल फ्रेम गोल्ड प्याटर्नमा हुने देखिन्छ ।
नयाँ आइफोनका क्यामरा होलहरु निकै ठूलो रहेको देखिन्छ तर वास्तविकमा कस्तो देखिन्छ भनेर हेर्न अझै कुर्नुपर्ने हुन्छ ।
रिपोर्टहरुकाअनुसार एप्पलले नयाँ आइफोन सिरिज आगामी सेप्टेम्बर १० तारिखमा लन्च गर्नेछ ।
रियर क्यामरा चारकुने डिजाइनमा आउनुका साथै एप्पलले नयाँ आइफोनमा ब्याट्री क्षमता पनि बढाउने अनुमान गरिएको छ । त्यसैगरि फास्ट वायर्ड चार्जिंग, रिभर्स वायरलेस चार्जिंग हुनेछ ।
प्रकाशित: ३० असार २०७६, सोमबार