अनलाइन सपिङ साइट दराज डटकमले ल्यायो ‘डिमार्ट’, उपभोग्य सामाग्रीहरु अर्डर गर्न पाईने

  • Technology Khabar | ३० असार २०७६, सोमबार
अनलाइन सपिङ साइट दराज डटकमले ल्यायो ‘डिमार्ट’, उपभोग्य सामाग्रीहरु अर्डर गर्न पाईने

काठमाडौं ।

काठमाडौं । अनलाइन सपिङ साइट दराज डटकमले डिमार्ट सेवा शुरु गरेको छ। उपभोक्ताहरुले पारम्परिक डिपार्टमेन्टल स्टोरका फाइदाहरु घरबाटै लिन सक्नेगरी यो सेवा ल्याइएको दराजले जानकारी दिएको छ।

उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिक आवश्यकताका समानहरु आफ्नो घर दैलोमा डिमार्ट बाट मगाउन सक्दछन् ।

डिमार्टले १५०० रुपैयाँभन्दा माथिको खरिदमा निशुल्क वितरण सुविधा दिएको छ। उपभोक्ताहरुले काठमाडौँबाट अर्डर गर्दा २४ देखी ४८ घण्टा भित्र आफ्नो अर्डर पाउनेछन भने काठमाडौँ बाहिर बाट अर्डर गर्दा २ देखि ४ दिन लाग्ने छ।

डिमार्टले खास सामानहरुमा ५५, ३०५, देखि ५०५ सम्मको छूट दिने गर्दछ । साथै साना बालबालिका तथा शिशु हरुको समान हरुमा महिना को अन्त्यमा थप छूटको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

डिमार्टको बारेमा दराजका प्रबन्ध निर्देशक जय कवीले भने, ‘सस्तो मूल्य, राम्रा अफरहरु, छुट, साथै द्रुत वितरण सेवाले गर्दा डिमार्ट अन्य भन्दा धेरै भिन्न र लाभदायी छ । हामीले डिमार्टमा अझै धेरै सामान र सुविधा थपेर यसलाई डिपार्टमेन्टल स्टोरको राम्रो विकल्प बनाउने कोशिसमा सधैँ तत्पर छौं।’

प्रकाशित: ३० असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...