Technology Khabar २९ असार २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । चीनको टेलिकम पूर्वाधार निर्माता कम्पनी जेडटिईले ब्रसेल्समा साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको छ । कम्पनीले पारदर्शिता अपनाएको बारेमा स्पष्ट पार्नका लागि सो साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको हो ।
यसअघि अर्को ठूलो टेलिकम उपकरण निर्माता प्रतिस्पर्धी ह्वावेले पनि आफूलाई जासुसी गरेको आरोप लागेपछि त्यस्तै साइबरसेक्यूरिटी ल्याब संचालनमा ल्याएको थियो ।
चिनियाँ भेण्डरहरुलाई पछिल्लो दिनहरुमा अमेरिकी दबाब र रोकपछि असर परिरहेको छ, जसमा ती कम्पनीहरुको उपकरण विशेषगरि ५जी नेटवर्कहरुमार्फत चिनियाँ सरकारले जासुसीको लागि प्रयोग गरिरहेको आरोप लागेको छ । सोहि घट्नामा अमेरिकाले ह्वावेलाई कालोसूचीमा राखेको छ तर ह्वावेले भने सो आरोपलाई अस्विकार गर्दै आएको छ ।
जेडटिई भने कालोसूचीमा छैन् । कम्पनीले नयाँ साइबर ल्याब ग्राहकहरु, नियमनकारी निकायहरु र स्टेकहरुलाई हेर्नको लागि खोलिएको हो जहाँ कम्पनीको सोर्स कोडहरु र डकुमेन्टहरु समिक्षा गर्न सक्नेछ र सिमुलेट ह्याकिंग एट्याकको लागि सफ्टवेयर परिक्षण गर्न सक्नेछन् ।
‘आईसिटी उद्योगको सुरक्षा एउटा सोल भेण्डरले मात्र गर्न सक्दैन् । अथवा केबल एउटा सोल टेलिकम अपरेटरले मात्र । जेडटिई उद्योगको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने चाहना राख्दछ,’ जेडटिईका चीफ सेक्यूरिटी अफिसर झोंग होंगले भने ।
जेडटिई गत वर्ष इरानसँगको ब्यापारको कारणले अमेरिकी आपूर्तिकर्ताहरुले प्रतिबन्ध लगाएपछि करिब करिब व्यवसायबाट बाहिर भएको थियो । गत जुन २०१८ मा कम्पनीले १ बिलियन डलर जरिवाना तिरेपछि प्रतिबन्ध फुकुवा भएको थियो ।
जेडटिईले चीनको नानजिंग र इटलीको रोममा पनि साइबरसेक्यूरिटी ल्याबहरु संचालन गरिरहेको छ । एजेन्सी
प्रकाशित: २९ असार २०७६, आईतवार