
काठमाडौं ।
काठमाडौं । चार्जिंगको समयमा मोबाइल फोन पड्किने घट्नाहरु निरन्तर आईरहेका हुन्छन तर यस्तो घट्ना भएको छ जसमा स्विच अफ गरिएको फोनमा आगो लागेको छ ।
वनप्लसका एक यूजरले आफ्नो फोन बन्द हुँदा पनि आगो लागेको गुनासो कम्पनीलाई गरेका छन् । भारतका एक प्रयोगकर्ताको वनप्लस वन स्मार्टफोनका यूजर गुनासो गर्दै फोन बन्द हुँदा पनि आगो लागेको बताएका हुन् ।
कम्पनीलाई पठाईएको ईमेलमा यूजरले फोन स्वीच अफ गरिएको र पावर एडप्टरसँग नजोडिएको दाबी गरेका छन् । तर पनि फोनबाट आगो निश्किएको थियो ।
यो घट्ना कुनै किसिमको नोक्सानी भने भएको छैन् । किनकी फोन पड्किनुभन्दा पहिले नै यूजरले आगो निभाएका थिए ।
यूजरले वनप्लस केयरलाई ईमेल पठाउँदै त्यसको गुनासो गरेर समस्याको समाधान गर्न अनुरोध गरेका छन् । ईमेलकाअनुसार यो घट्ना यहि जुलाई ३ तारिख बिहान भएको थियो । यूजरकाअनुसार सो फोन भएको कोठामा एसी चलिरहेको र तापक्रम १९ डिग्री थियो ।
यूजरले आफू सुतिरहेको बेला वनप्लसको फोनबाट आगो आएको बताएका छन् र उनले तत्काल त्यसलाई पानीले निभाएका थिए ।
यूजरकाअनुसार यो फोन ५ वर्ष पुरानो हो । उनले वनप्लस र अमेजन दुबैलाई सो घट्नाको जाँच गर्न भनेका छन् ।
प्रकाशित: २१ असार २०७६, शनिबार