बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा शुरु

  • Technology Khabar | १९ असार २०७६, बिहीबार
बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा शुरु

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ ।

मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित: १९ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार