
काठमाडौं ।
काठमाडौं । आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आई.सि.एफ.सि. फाइनान्स लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आई.सि.एफ.सि. फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरे ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आई.सि.एफ.सि. फाइनान्सको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताईएकोछ ।
आइ.एम.ई. लाइफ इन्स्योरेन्सले हाल ७५ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १९ असार २०७६, बिहीबार