नबिल बैंकको कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतालमा विशेष सुविधा पाउने

  • Technology Khabar | १८ असार २०७६, बुधबार
नबिल बैंकको कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतालमा विशेष सुविधा पाउने

काठमाडौं ।

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगरअस्पताल प्रा. लि.मा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पताल प्रा. लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम बिराटनगर अस्पताल प्रा. लि.ले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतालसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने छ,’ नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे ।

नबिल बैंकसंगको सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास बिराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले व्यक्त गरे ।

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: १८ असार २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार