ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम एडिसन सार्वजनिक, मूल्य ८९ हजार ९९० रुपैयाँ

Technology Khabar १६ असार २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । ओपोले नेपालमा रेनो १०एक्स जुम एडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५ गते आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो ।

ओपो रेनो १०एक्स जुम एडिसनको प्रमुख आकर्षण, यसको नाम अनुसार स्वभाविकरुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । ओपो रेनो १०एक्स जुम एडिसनमा रहेको साइड–स्विङ सेल्फी क्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो ।

ओपो रेनो १०एक्स जुम एडिसनको ८ जीबी ¥याम/२५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन् । ओपो १०एक्स जुम एडिसन पहिलो पटक चीनमा र लगतै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो।

ओपो रेनो १०एक्स जुम डिसन अलरओएस ६मा आधारित एण्ड्रोइड पाई मार्फत सञ्चालित हुन्छ । साथै, नयाँ फोनमा मोबाइल गेमिङ अनुभवमा उत्कृष्टता प्रदान गर्ने सोचका साथ फ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहित हाईपर बुस्ट परफरमेन्स ईन्ह्यान्समेन्टपनि उपलब्ध छ ।

फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कर्भ्ड ग्लासको सुरक्षा प्रदान गरिएको छ । त्यसैगरी कुनै सतहमा यत्तिकै राख्दा क्यामेरा हल्का माथि उठाएर जोगाउने सोचका साथ फोनको पछिल्तिर एउटा ओ–डट सेरामिक प्वाइन्टपनि दिइएको छ ।

फोनमा अल्ट्रासोनिक ईन–डिस्प्ले फिङगरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ । ६.६ ईञ्च पानोरामिक एमोलेड डिस्प्ले सहितको ओपो रेनो १०एक्स जुम ईडिसनलाई शक्ति प्रदान गर्न ८ जीबी र्याम अप्सनका साथ अक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ ।

अप्टिक्सको कुरा गर्दा ओपो रेनो १०एक्स जुम ईडिसनमा एफ/१.७ लेन्स र लेजर अटोफोकस सहितको ४८ एमपी सोनी आइएमएक्स५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सरपनि उपलब्ध छ ।

एमडब्ल्यूसी २०१९ फेबु्रअरीमा प्रदर्शित गरिए झैँ १०एक्स लसलेस अप्टिकल जुम सुचारुका लागि ओपो रेनो १०एक्स जुम एडिसनमा १६–१६०एमएम फोकल लेन्थ कभरेज उपलब्ध गरिएको छ । तस्विरमा अझ सटिकता र गुणस्तर प्रदान गर्न यसमा डुअल ओआईएस सपोर्टपनि दिइएको छ । साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमा आधारित अल्ट्रा नाइटमोड २.० र पोट्रेट मोडपनि सपोर्ट गर्छ ।

स्टिल शट्सका साथै ओपो रेनो १०एक्स जुम एडिसनमा भिडियो रेकर्डिङ केन्द्रित विभिन्न फिचर्सपनि दिइएका छन् । यो फोनले ओआईएस सपोर्टका साथ फोरके ६०एफपीएस भिडियो सपोर्ट गर्छ ।

सेल्फीका लागि यसमा मात्र ०.८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फी क्यामेरा मोड्युलको ब्यवस्था गरिएको छ । कम्पनीका अनुसार उक्त मोड्यूल २ लाख पटक खोल्न र बन्द हुने कार्यका लागि परिक्षण गरिएको छ । फोनमा पोट्र्रेटका लागि ५ भिन्न मोड्सको ब्यवस्था गरिएको छ ।

ओपो रेनो १०एक्स जुम एडिसनमा २ सय ५६ जीबी ईनब्यूल्ट स्टोरेज अप्सन दिइएको छ । कनेक्टिविटीका लागि फोनमा फोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्थापनि रहेको छ । साथै फोनमा भोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १६ असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया