पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना

  • Technology Khabar | १५ असार २०७६, आईतवार
पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना

काठमाडौं ।

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ। मनसुन एक्सचेन्ज मेला असार १६ देखि असार २२ गते सम्म सन्चालन हुनेछ।

यस मनसुन एक्सचेन्ज मेलाको सिमित अवधि सम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी/एक्सेसरीजहरु, १ वर्ष सम्मको निशुल्क बाटो कर, ३ वर्ष सर्वीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन्।

मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ। टेस्ट द्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १५ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार