यी हुन विश्वमा सबैभन्दा धेरै हेरिने टप टेन वेबसाइटहरु, इन्स्टाग्रामभन्दा धेरै पोर्न साइट हेरिने

Technology Khabar १५ असार २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट कुन होला भन्ने सबैलाई चासो हुन्छ । दैनिक हजारौं वेबसाइटहरु सिर्जना भईरहेको बेलामा सबैभन्दा धेरै हेरिने साइटमा सर्च इन्जिन गूगल परेको छ ।

विश्वभर ५८ प्रतिशत अर्थात ४.४ अर्ब मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका छन् । जसले सबैभन्दा धेरै गूगल हेर्ने गरेका छन् ।

हालै आएको एक तथ्यांकअनुसार गएको मे महिनामा गूगलमा ६७.१४ अर्ब नन यूनिक भिजिटहरु गूगलमा आएका थिए । यो तथ्यांक अन्य वेबसाइटहरुको तुलनामा दोब्बर भन्दा बढि हो ।

त्यस्तै धेरै भिजिट गरिने साइटको सूचीमा गूगलकै भिडियो प्लेटफर्म यूट्यूब परेको छ । जहाँ २४.९ भिजटर आएका थिए ।

यो सूचीको तेस्रो स्थानमा फेसबुक परेको छ भने याहू पाँचौं स्थानमा रहेको छ । चौथो स्थानमा पहिलो चिनियाँ गूगल भनेर चिनिने सर्च इन्जिन बैदू रहेको छ जसमा ९.६ अर्ब भिजिटर थिए । त्यसैगरि छैटौं स्थानमा याहू, सातौंमा अमेजन र आठौंमा ट्वीटर रहेको छ ।

तर रमाईलो विषय भनेको लोकप्रिय एप इन्स्टाग्रामको वेबसाइट भने पोर्न साइट पोर्नहब भन्दा पछाडि परेको छ ।

एपको रुपमा लोकप्रिय भएपनि इन्स्टाग्रामको वेबसाइट १० नम्बरमा परेको छ । एजेन्सी

प्रकाशित: १५ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया