Technology Khabar १४ असार २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड टेक्नोले अहिलेसम्मकै सबैभन्दा सस्तो इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन लन्च गर्ने भएको छ । कम्पनीले आगामी जुलाई १० तारिखमा भारतमा नयाँ स्मार्टफोन लन्च गर्ने घोषणा गरेको छ ।
ट्रान्सिन होल्डिंग्सको स्वामित्व भएको स्मार्टफोन ब्राण्ड टेक्नोले नयाँ स्मार्टफोन लन्चको मिडिया इन्भाइट पठाउन शुरु गरेको छ ।
कम्पनीले विशेषगरि इन्ट्रि लेभल र मिड रेन्जका स्मार्टफोनहरु बिक्री गर्दै आएको छ । यहि आधारमा टेक्नोले सबैभन्दा सस्तो बजेट लेभलको इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरसहितको स्मार्टफोन लन्च गर्न लागेको अनुमान गरिएको छ ।
कम्पनीले पठाएको इनभाइटमा पनि इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको तस्विर राखिएको छ, त्यहि आधारमा पनि इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर स्मार्टफोन ल्याउने अनुमान गरिएको हो ।
यो फोन फ्यान्टम ८ को अपग्रेड भएको अनुमान गरिएको छ । जसलाई फ्यान्टम ९ नाम दिईनेछ । यसमा एमोलेड डिस्प्ले हुने अनुमान छ भने ट्रिपल क्यामरा सेटअप राखिनेछ ।
टेक्नोको नयाँ फोनको बारेमा थप कुनै जानकारी अहिलेसम्म आएको छैन् ।
प्रकाशित: १४ असार २०७६, शनिबार