हुण्डाईले नयाँ इलेक्ट्रिक प्लेटफर्ममा आधारित एसयूभी बनाउँदै, एक चार्जमा ४५० किलोमिटर कुद्ने

Technology Khabar १३ असार २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । हुण्डाईले इलेक्ट्रिक भेहिकलका लागि आफ्नो कम्प्याक्ट एसयूभी भेहिकलको नयाँ प्लेटफर्म विकास गर्ने भएको छ ।

दक्षिण कोरियाली कार मेकरले आउन लागेको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्मको लागि एसयूभीको प्रोटोटाइप बनाउने काम गरिरहेको रिपोर्ट आएको छ । रिपोर्टअनुसार आउँदो अक्टोबरमा कम्पनीले प्रोटोटाइप बनाउन शुरु गर्नेछ ।

हुण्डाईले यसअघि नै सन् २०२० सम्ममा इभी प्लेटफर्ममा नै हुने गरि नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा यसअघि नै गरिसकेको छ । रिपोर्टले भने सो प्लेटफर्म एसयूभीमा आधारित हुने उल्लेख गरेको छ ।

हुण्डाईको यो प्रोजेक्टलाई एनई नाम दिईएको छ भने कम्पनीले सो गाडिको निर्माण यो वर्षभित्रै पुरा गर्नेछ । यसको लागि कम्पनीले कार निर्माता छनौट गर्न लागेको बताईएको छ ।

हुण्डाईले सो प्रोटोटाइप अर्को वर्षको जुन महिनामा प्रदर्शन गर्नेछ भने मास प्रोडक्सनको लागि २०२१ को शुरुवात सम्म हुने अपेक्षा गरिएको छ ।

हुण्डाईको नयाँ इभी क्रसओभर कम्प्याक्ट एसयूभी हुनेछ जून गाडि एक पटक चार्ज गरेपछि ४५० किलोमिटरसम्म गुड्नसक्ने छ ।

हुण्डाई मोटर्सले सन् २०२५ सम्ममा ४४ वटा इलेक्ट्रिफाईड मोडलहरु सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

हुण्डाईले यसअघि नै कोना इभी सार्वजनिक गरिरहेको छ, जून नेपाली बजारमा पनि उपलब्ध रहेको छ। एजेन्सी

प्रकाशित: १३ असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया