काठमाडौं ।
काठमाडौं । गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टमको लाइट भर्सन एन्ड्रोयड गो सस्तो बजेट स्मार्टफोनहरुमा निकै लोकप्रिय भएका छन् । यी बजेट स्मार्टफोनहरुमा गूगलका विभिन्न एप्सहरुको लाइट भर्सनहरु प्रयोग गर्नसकिन्छ भने गूगल गो एप पनि चलाउन सकिन्छ ।
गूगलको एन्ड्रोयड गोको लोकप्रियता बढ्दै जाँदा गूगल गो एप्स अर्थात १० करोड डाउनलोड प्ले स्टोरमा भएको छ । गूगल प्ले स्टोरमा गूगल गोको डाउनलोड संख्या बढ्नुले सो लाइट भर्सनमा संचालन हुने अपरेटिंग सिस्टम डिभाइसहरुको बिक्री पनि उल्लेख्य रहेको बुझ्नसकिन्छ ।
गूगलले महंगा स्मार्टफोन प्रयोग गर्न नसक्नेहरुलाई पनि गूगलको विभिन्न एप्सहरुको अनुभव दिलाउन ल्याएको एन्ड्रोयड गो ओएसले मानिसहरुलाई आकर्षित गरेको मान्न सकिन्छ । तर यसको अर्थ एन्ड्रोयड गोमा आधारित फोनहरुको बिक्री भने १० करोड भन्दा नाघेको भनेर बुझ्न भने सकिँदैन् । किनकी अन्य प्रयोगकर्ताहरुले पनि गूगल गो डाउनलोड गर्न सक्दछन् ।
गूगल गोले धेरै मोबाइल डाटाको बचत गर्ने हुँदा पनि केहि मानिसहरुले सो एप्स डाउनलोड गरेको हुनसक्ने अनुमान छ ।
प्रकाशित: १३ असार २०७६, शुक्रबार