काठमाडौं ।
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणमा रिक्त अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा आवेदन दिने १२ जना आवेदकहरु नै छनौट भएका छन् ।
प्राप्त हुन आएका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको लागि मन्त्रालयले गठन गरेको छनौट समितिले असार १६, १७ र १८ गते तीन दिन तोकेको जानकारी दिएको छ।
प्रत्येक दिन ४/४ जनाको दरले प्राधिकरणका अध्यक्ष पदका लागि आवेदक व्यक्तिहरुले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ता दिनुपर्नेछ ।
सो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको आधारमा मन्त्रालयले गठन गरेको छनौट समितिले नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ ।
सोहि प्रस्तावित नामहरुमध्येबाट मन्त्रिपरिषदले १ जनालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा छनौट गर्नेछ ।
यसअघि मन्त्रालयले जेठ २७ गते नेपाल दूरसंचार प्राधिकरणमा रिक्त अध्यक्ष पदको लागि आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
हेर्नुहोस् संचार तथा सूचना प्रविधि मन्त्रालयको संक्षिप्त सूची र अन्तर्वार्ता मिति
दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षका लागि १२ जनाले दिए आवेदन
प्रकाशित: १२ असार २०७६, बिहीबार