रिलायन्स लाईफ इन्स्योरेन्सको सम्पर्क केन्द्र, चौविसै घण्टा संचालन हुने

  • Technology Khabar | १२ असार २०७६, बिहीबार
रिलायन्स लाईफ इन्स्योरेन्सको सम्पर्क केन्द्र, चौविसै घण्टा संचालन हुने

काठमाडौं ।

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले चौविसै घण्टा संचालन हुने सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै जीवन बीमा सम्बन्धी सम्पुर्ण सूचना दिने उद्धेश्यले २४/७ सूचना केन्द्र संचालनमा ल्याएको हो ।

सो सूचना केन्द्र सेवाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उद्घाटन गरे ।

कम्पनीले हप्ताका सातै दिन तथा २४ सै घण्टा सेवा उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याएको उक्त केन्द्रमार्फत ग्राहकहरुले जीवनबीमा सम्बन्धी सम्पुर्ण जानकारी लिनुका साथै आफ्ना प्रश्नहरु पनि राख्न सक्नेछन ।

सूचना केन्द्रमार्फत ग्राहक तथा जीवन बीमा सम्बन्धी बुझ्न चाहनेले कम्पनीको हटलाईन टेलिफोनमार्फत कल गरेर, फेसबुक म्यासेन्जरमार्फत, एप्लिकेशनमार्फत तथा ईमेलमार्फत आफ्ना प्रश्न राख्न पाउनेछन । यस्तै हटलाईनमार्फत फोन गरेर बीमा पोलिसीको बारेमा जानकारी लिने आफुलाई चाहिएको पोलिसीको बारेमा सम्पुर्ण जानकारी लिने लगायतका कामहरु गर्न सक्ने कम्पनीले जानकारी दियो ।

कम्पनीका सिईओ प्रविन रमण पराजुलीले जीबन बीमाको सम्पुर्ण काम फोनमार्फत तथा घरमै बसेर बुझ्न सकिने गरी केन्द्र संचालनमा ल्याइएको बताए।

हाल सो सेवा केन्द्रमा व्यक्ति नै बसेर ग्राहकका प्रश्नहरुको जवाफ दिने प्रणाली संचालन भएपनि केही समयपछि आर्टिफिसियल ईन्टेलीजेन्सको माध्यममा सेवाग्राहीहरुको जानकारी दिने व्यवस्था मिलाईने उनले जानकारी दिए ।

प्रकाशित: १२ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार