काठमाडौं ।
काठमाडौं । भीभोको सबब्राण्ड आईक्यूओले ५जी (iQOO 5G) स्मार्टफोन घोषणा गरेको छ । भीभोले यसअघि नेक्स ५जी प्रोटोटाइप स्मार्टफोनको परीक्षण गरेको थियो तर आईक्यूओ ५जी स्मार्टफोन नै भीभोको पहिलो ५जी फोन भएको छ ।
यो स्मार्टफोन कम्पनीले आगामी ३ महिनाभित्र बजारमा उपलब्ध गराउने योजना लिएको छ ।
भीभो आईक्यूओ ५जी स्मार्टफोनमा स्न्प्यापड्रागन ८५५ चीपसेट प्रयोग गरिएको छ भने अहिलेका ५जी फोनहरुमा जस्तै एक्स५० मोडेम छ ।
त्यस्तै यो फोनलाई चार्ज गर्नका लागि भीभोले १२० वाटको चार्जर पनि घोषणा गरेको छ ।
सो फोन सार्वजनिक गर्दै भीभोका ५जी आर एण्ड डि सेन्टरका डाइरेक्टर क्वान फेईले भने ५जी नेटवर्कहरुले लेटेन्सी घटाउँछन, नेटवर्कमा अधिक डिभाइसहरु कनेक्ट गर्न अनुमति दिन्छ र डाटा क्याप बढाउन क्यारियरहरुलाई अनुमति दिन्छ ।
उनकाअनुसार ५जी टर्मिनलका लागि डिजाइन, एन्टेना, लेआउट, मदरबोर्ड एरिया, प्रोटोकल एडप्टेसन, स्टाबिलिटी, हिट डिसिपेसनका लागि हाइयर स्पेसिफिकेसन आवश्यक पर्दछ ।
५जी स्मार्टफोनमा फोरजीको भन्दा ५ देखि १० गुणा डाटाको स्पीड बढ्दछ भने ५जी सेलले आईओटी डिभाइसहरु कनेक्ट गर्न सहज हुन्छ ।
भीभोले नयाँ ५जी स्मार्टफोनको बारेमा डिटेल जानकारी भने दिएको छैन् । एजेन्सी
प्रकाशित: ११ असार २०७६, बुधबार