चिनियाँ कम्पनी जेडटीईद्धारा फाइभजीको लागि २५ वटा व्यवसायिक सम्झौता

  • Technology Khabar | १० असार २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यवसायिक फाइभ–जी सम्झौता गरेको गरेको छ ।

कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जानकारी दिएको हो ।

कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, अरेन्ज, टेलिफोनीका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ ।

स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ ।

प्रकाशित: १० असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया