Technology Khabar १० असार २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । ह्याकरहरुले विश्वका दर्जनौं टेलिकम कम्पनीहरुबाट ठूलो संख्यामा डाटा चोरी गरेका छन् । उनीहरुले व्यक्तिगत तथा कर्पोेरेट डाटाहरु सिस्टम तोडेर चोरेर लगेको साइबर सेक्यूरिटी अनुसन्धान संस्थाले जानकारी दिएको छ ।
सो ह्याकिंगको घट्नामा चिनियाँ जासूसी साइबर ह्याकरहरुको संलग्नता भएको बताईएको छ । ह्याकरहरुले चरणबद्ध र योजनाबद्धरुपमा ३० भन्दा बढि देशबाट विभिन्न कम्पनीहरुको डाटा चोरेका हुन् ।
अमेरिकी– इजरायली साइबर सेक्यूरिटी फर्म साइबरीजनकाअनुसार ह्याकरहरुले सरकार, कानून लागू गराउने संस्था र नीति निर्माणको तहमा रहेका व्यक्तिहरुको सूचना संकलन गर्ने उद्धेश्यले डाटा चोरी गरेका हुन् ।
ह्याकरहरुले टेलिकम कम्पनीहरुबाट व्यक्तिहरुको कल डिटेल, लोकेसन र समयलगायतका विषयहरु चोरेका थिए ।
साइबरीजनका को फाउण्डर तथा चिफ एक्जुकेटिभ लिओर डिभकाअनुसार ह्याकरहरुले अमेरिका र पश्चिमा एलायन्सहरुले बेजिंगमा गरेको अन्य आक्रमणको प्रयासलाई माध्यमबनाएर टूल प्रयोग गरेका थिए ।
‘यति उच्च तहको काम गर्ने कुनै अपराधिक समूह हुनसक्दैन्, यो सरकार हो जोसँग यस्तो प्रकारको आक्रमण गर्ने क्षमता हुन्छ,’ उनले भने ।
तर चीनले भने पटक पटक यस्तो ह्याकिंगको गतिबिधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
कल डिटेल रेकर्ड कुनैपनि इन्टेलिजेन्स एजेन्सीको लागि निकै महत्वपूर्ण सूचना हुने गर्दछ । यस्तो कल डिटेलमा विस्तृत जानकारीहरु मेटाडाटा लगको रुपमा रहन्छ जून फोन प्रोभाइडरद्धारा सिर्जना गरिन्छ । यो डाटा कल र मेसेज एक आपसमा आदान प्रदान गर्दा उत्पन्न हुने गर्दछ ।
कल डिटेल रेकर्डमा कलको रेकर्डिंग र मेसेजको कन्टेन्ट भने हुँदैनन् । तर चोरी भएको सूचनाले व्यक्तिको दैनिक गतिबिधिको बारेमा थाहा हुन्छ ।
साइबरीजनका अनुसन्धानकर्ताहरुले यस्तो प्रकारको आक्रमण पहिलो पटक एक वर्ष अगाडि पत्ता लगाएको बताएका छन् । ह्याकरहरुले एउटा सेल प्रोभाइडरको सिस्टम बिगारेपछि क्रमशः सम्पूर्ण नेटवर्कमा नै प्रवेश गरेका थिए । उनीहरुले नेटवर्कमा कुनै गडबढि नगरी तथा कुनै मालवेयर नराखिकन नै डाटा चोरी गरेका थिए । उनीहरुले प्रयोगकर्ताको फोनलाई ह्याक नै नगरिकन प्रयोगकर्ताको बारेमा सबै जानकारी पत्ता लगाए ।
साइबरीजनको टिमले नौ महिना लगाएर गरेको अनुसन्धानमा टिमले केहि टेलिकम प्रोभाइडरको आन्तरिक आइटी नेटवर्कमा नै असर पुर्याईएको भेटेको थियो । जसले गर्दा ठूलो र विशेष किसिमको डाटा चोर्न र पूर्वाधारमा कष्टमाइज गर्न ह्याकरलाई सहज भएको थियो ।
केहि घट्नामा त उनीहरुले नेटवर्कको सम्पूर्ण डाइरेक्टरी नै व्यवस्थापन गरेका थिए जसमा यूजरनेम र पासवर्डसम्म पहुँच थियो ।उनीहरुले बिलिंग सूचना र कल रेकर्ड पनि लगेको अनुसन्धान संस्थाको भनाई छ ।
ह्याकरहरुले डाटा चोर्नको लागि एउटा नेटवर्कमा भर्च्यूअल प्राइभेट नेटवर्क कनेक्सन समेत तयार गरे र आफ्नो आवश्यकताअनुसार डाटामा पहुँच पाए ।
अनुसन्धान संस्था साइबरीजनकाअनुसार ह्याकरहरुले साना तथा ठूला दुबै किसिमका टेलिकम अपरेटरहरुको नेटवर्कमा ह्याक गरेका थिए । तर संस्थाले ती कम्पनीहरुको नाम भने सार्वजनिक गरेको छैन् ।
सो साइबर आक्रमण ह्याकरहरुले टेक्स्टबुक एपीटी १० प्रयोग गरिएको थियो । ह्याकरहरुले विभिन्न टूलहरु प्रयोग गरेका थिए । यस्ता टूलहरु विशेषगरि चिनियाँ ह्याकिंग ग्रुपले प्रयोग गर्ने गरेको बताईएको छ । एजेन्सी
प्रकाशित: १० असार २०७६, मंगलवार