Technology Khabar ९ असार २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । ह्वावेले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन आफ्नो कम्पनीको उच्च प्राथमिकतामा रहेको बताएको छ ।
क्यारियर बिजीका सिईओ दिङ्गले हालै चीनको वुझेनमा आयोजित ११ औ ह्वावे यूजर ग्रुप मिटिंगलाई सम्बोधन गर्दै ह्वावेका क्यारियर बिजीका सिईओ तथा ह्वावेका कार्यकारी निर्देशक रायन डिङ्गले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन प्राथमिकतामा रहेको बताएका हुन् ।
‘हामी हाम्रा सुरक्षित उत्पादन तथा विश्वसनिय सेवाका साथमा ५जी नेटवर्कहरुको क्यारीयरको सुरक्षाको सुनिश्चितता प्रदान गर्दछौं,’ उनले भने ।
दिङ्गले सो मिटिंगमा फोरजीदेखि ५जीसम्म कहिले पुगिन्छ भन्ने बारेमा बोल्दै क्यारीयरहरुको बारेमा बताएका थिए । उनले सुरक्षित उत्पादन बनाउनका लागि थ्रीजीपीपीको ५जी सेक्यूरिटी एसुरेन्स स्पेशिफिकेसन प्रोजेक्टमा ह्वावेको सक्रिय सदस्यताद्धारा मात्र सुनिश्चित हुने बताए ।
ह्वावेले यसबाहेक नेटवर्क इक्यूपमेन्ट सेक्यूरिटी एसुरेन्स स्कीमलाई पनि सपोर्ट गर्दछ । ह्वावेले विश्वसनिय सेवा प्रदान गर्नको लागि आईएसओ २७००१ पालना गर्दछ भने तेस्रो पक्षित सेक्यूरिटी सर्टिफिकेटका लागि पनि सक्रियरुपमा आवेदन दिने गरेको छ ।
‘ह्वावेको भिजन भनको हरेक व्यक्ति, घर वा संस्थालाई पूर्णरुपमा कनेक्टेड, इन्टेलिजेन्ट वल्र्डका लागि लाई डिजिटल बनाउनु हो । ५जीले यो विश्वको लागि महत्वपूर्ण प्रविधिको रुपमा काम गर्दछ । हामी ५जीमा निरन्तर लगानी वृद्धि गरिरहनेछौं र हाम्रा ग्राहकहरु तथा पार्टनरहरुसँग यो भीजनलाई वास्तविक बनाउन साथमा काम गर्नेछौं,’ दिङ्गले भने ।
पछिल्लो ३० वर्षमा, ह्वावेले १७० देशहरुमा र विश्वभर विभिन्न क्षेत्रहरुमा काम गरिरहेको छ । जहाँ ७.४ मिलियन एफटिटिएक्स लाइनहरु जडान गरीसकेको छ भने ८०० भन्दा बढि क्लाउड डाटा सेन्टर निर्माण गरिसकेको छ । ह्वावेले २०० भन्दा बढि मुख्य इभेन्टहरु आयोजना गरिसकेको छ भने १५०० नेटवर्कको नियमित मर्मत तथा सहज संचालनको लागि काम गरेको छ । ह्वावेले ३० वटा ग्लोबल सीएसपीजमध्ये ग्राहक अनुभव व्यवस्थापनको लागि १७ वटासँग काम गरिसकेको छ भने २४ वटा सिएसपीहरुसँग एक्सलेन्ट नेटवर्क इम्प्रुभमेन्टमा काम गरेको छ ।
ह्वावे ग्लोबल टेक्निकल सर्भिस डिपार्टमेन्टका प्रेसिडेन्ट बिल टाङ्गले भने, ‘एउटा विश्वसनिय पार्टनरको रुपमा, उपलब्ध नेवर्टकहरुलाई सेक्योर र रिलायबल बनाउन ह्वावे निरन्तर मानिसहरु, व्यवसायीक माध्यमहरुमा लगानी गरिरहनेछ ।’
सो कार्यक्रममा चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, भोडाफोन, अरेन्जलगायतका संस्थाहरुका प्रतिनिधिहरुले ५जी र आर्टिफिशियल इन्टेलिजेन्स बारे विचारहरु राखेका थिए । कार्यक्रममा टेलिकम उद्योगका ५०० भन्दा बढि प्रतिनिधीहरु उपस्थित रहेको ह्वावेले जनाएको छ ।
प्रकाशित: ९ असार २०७६, सोमबार