
काठमाडौं ।
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सक्रिय रहँदै आईरहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कालिमाटीमा आप्mनो शाखा विस्तार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव संघिय संसदका सांसद तथा पूर्व स्थानिय विकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गर्दै सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसँगै जोडिनुपर्ने वताए ।
कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पु¥याउन सफल भएको वताए
उपत्यकाको ११औं शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा संचालन भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा संजाल सख्या ६० पुयाउने र अधिकृत पूँजी, १ अर्व पुर्याउने वताए ।
हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमा घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको जनाएको छ ।
प्रकाशित: ९ असार २०७६, सोमबार