ओपोद्वारा रेनो १०एक्स नेपालमा असार १५ देखि उपलब्ध हुने

Technology Khabar ९ असार २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ओपोले नेपालमा रेनो सिरिज लन्च गर्ने भएको छ । कम्पनीले पहिलो पटक बजारमा रेनो सिरिजको रेनो १० एक्स स्मार्टफोन ल्याउने भएको हो ।

कम्पनीले ओपो एफ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो–एभरेष्ट क्याम्पेन जस्तै, यस पटकपनि रेनोको साथमा टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ ।
नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।

सो स्मार्टफोनमा ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अदृतीय रहेको कम्पनीको दाबी छ ।

प्रकाशित: ९ असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया