
काठमाडौं ।
काठमाडौं । अमेरिकाको एक शहरले आफ्नो डाटा फिर्ता गर्नको लागि ह्याकरहरुलाई ६ लाख अमेरिकी डलर तिरेको छ ।
अमेरिकाको फ्लोरिडा टाउनको सरकारी कम्प्यूटरहरु ह्याकरले ह्याकगरेर सबै सबै कम्प्यूटर सिस्टमलाई बन्द गराएका थिए । उनीहरुले र्यान्समवेयर एट्याक गर्दै म्यूनिसिपल कम्प्यूटरहरुमा भाइरस हालेर रोकेका थिए । जसले गर्दा सो शहरको इमर्जेन्स रेस्पोन्स सिस्टम नै बन्द हुँदा कर्मचारीहरुले परम्परागत आधारमा प्रशासन संचालन गर्न बाध्य हुुनुपरेको थियो ।
करिब ३५ हजार जनसंख्या रहेको सो शहरको कम्यूनिटी काउन्सिलले ह्याकरहरुलाई रकम भुक्तानी गर्न भोट गरेका थिए । त्यसअघि सो शहरले साइबर सेक्यूरिटी कन्सल्ट्यान्टमार्फत अनुसन्धान गराएको थियो ।
सो कम्यूनिटीकी प्रवक्ताले साइबर सेक्यूरिटी कन्सल्ट्यान्टको सुझावमा सो रकम दिएको बताएकी छिन् ।
प्रवक्ता रोज एन्ने ब्राउनले सो रकम भुक्तानीपछि पनि ह्याकरहरुले शहरको कम्प्यूटरहरु पुन प्रयोग गर्न सकिने किसिमको बनाउनेमा विश्वास नभएको बताएकि छिन् ।
सो रकम बीटक्वाइनको माध्यमबाट भुक्तानी गरिएको थियो र सो रकम शहरको बीमा पोलिसीबाट कभर गरिएको थियो ।
शहरको कम्प्यूटरमा मईको अन्त्यतिर आक्रमण भएको थियो जतिबेला एक कर्मचारीले ईमेलमा आएको एट्याचमेन्ट खोलेका थिए । सो आक्रमणपछि खानेपानीको पम्प स्टेशन बन्द भएको थियो भुक्तानीको कामहरु पनि हातले चेक जारी गरेर गरिएको थियो ।
बीबीसीबाट
प्रकाशित: ७ असार २०७६, शनिबार