ह्वावेको नोभा ५ सिरिजमा तीनवटा स्मार्टफोन लन्च, ४८ मेगापिक्सेल क्यामरा, ८ जीबी र्याम र ४,००० एमएएच ब्याट्री

  • Technology Khabar | ६ असार २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर ह्वावेले आफ्नो नोभा सिरिजमा तीनवटा नयाँ स्मार्टफोनहरु लन्च गरेको छ । मिड रेन्जमा कम्पनीले नोभा ५ र नोभा ५ प्रोका साथै नोभा ५ आई स्मार्टफोन लन्च गरेको हो ।

यी नोभा ५ र ५ प्रोमा ह्वावेको आफ्नै किरिन ९८० प्रोसेसर तथा नोभा ५ आई स्मार्टफोनमा किरिन ८१० प्रोसेसर राखिएको छ ।

नोभा ५ प्रो (Nova 5 Pro)

यी तीनवटा स्मार्टफोनहरुमध्ये नोभा ५ प्रो प्रमुख फोन हो । यसमा ६.३९ इन्चको ओएलईडी फूलएचडी प्लस डिस्प्ले राखिएको छ भने यसमा वाटरड्रप डिजाइन डिस्प्ले रहेको छ ।

फोटोग्राफीका लागि नोभा ५ प्रो स्मार्टफोनमा ४८ मेगापिक्सेलको मूख्य सेन्सर रहेको भने २ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यो स्मार्टफोनमा किरिन ९८० चीपसेटका साथमा ८ जीबी र्याम रहेको छ भने १२८ जीबी र २५६ जीबी स्टोरेज अप्सन रहेको छ । नोभा ५ प्रोमा ४,००० एमएएचको ब्याट्री प्याक छ र यसलाई चार्ज गर्न ४० वाटको ह्वावे सूपरचार्ज टेक्नोलोजी राखिएको छ ।

यो स्मार्टफोनको मूल्य १२८ जीबी भेरिएन्टको लागि २,९९९ यूआन छ भने २५६ जीबी स्टोरेजको लागि ३,३९९ यूआन रहेको छ ।

त्यस्तै यसको लिमिटेड एडिसन पनि लन्च गरिएको छ जसको मूल्य ३,७९९ यूआन छ । लिमिटेड एडिसनका साथमा पर्पल फ्रीलान्स इयरफोन उपलब्ध हुनेछ ।

नोभा ५ (Nova 5)

ह्वावेको नोभा ५ पहिलो फोन हो जसमा ह्वावेको नयाँ चीपसेट किरिन ८१० रहेको छ । यो स्मार्टफोनमा पनि चीपसेटबाहेक डिस्प्ले र क्यामरा अप्सन उस्तै रहेको छ । यसमा पनि ८ जीबी र्याम रहेको छ भने स्टोरेज अप्सन १२८ जीबी मात्र रहेको छ । यो फोनको मूल्य २,९९९ यूआन तोकिएको छ ।

नोभा ५आई (Nova 5i)

नोभा ५ सिरिजको सस्तो र लाइट भर्सनको रुपमा ह्वावेले नोभा ५ आई लन्च गरेको हो । यो स्मार्टफोनमा किरिन ७१० चीपसेट प्रयोग गरिएको छ । तर यो स्मार्टफोनमा पन्च होल डिस्प्ले डिजाइन रहेको छ ।

यसमा पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ भने फोनमा २४ मेगापिक्सेलको मेन सेन्सरका साथमा २ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ ।

यो भेरिएन्ट ६ जीबी र्याम र ८ जीबी र्याम अप्सनमा आउँछ भने यसमा १२८ जीबी स्टोरेज अप्सन मात्र छ । यो फोनको ब्याट्री क्षमता नोभा ५ र नोभा ५ प्रो जस्तै भएपनि यसमा १८ वाटको फास्ट चार्जिंग मात्र आउँछ ।

नोभा ५आई स्मार्टफोन ब्ल्याक, एम्बर रेड, सी ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ भने यसको मूल्य ६जीबी र्याम अप्सनको १,९९९ यूआन तथा ८ जीबी र्याम अप्सनको २,१९९ यूआन तोकिएको छ ।

ह्वावेको नोभा ५ सिरिजका स्मार्टफोनहरु चीनमा एकसातापछि बजारमा उपलब्ध हुनेछन भने चीनभन्दा बाहिर कहिले आउँछ भन्ने जानकारी छैन् ।

प्रकाशित: ६ असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार