दुरसंचार प्राधिकरणले यी जिल्लामा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने, तिब्रगतिको इन्टरनेट पाईने

Technology Khabar १ असार २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले देशैभर ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्ने योजनाअन्तरगत देशभरका १४ जिल्लामा इन्टरनेट सेवा पुर्याउने भएको छ ।

प्राधिकरणले हालै सार्वजनिक सूचनामार्फत ती १४ जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निर्माण र इन्टरनेट सेवा उपलब्ध गराउन टेण्डर आव्हान गरेको छ ।

सो टेण्डरअनुसार प्रदेश नम्बर १ को इलाम, झापा, मोरङ्ग र उदयपुर जिल्ला छन भने प्रदेश नम्बर ५ को गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्ला छन् । त्यसैगरि अन्य जिल्लाहरुमा चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला रहेका छन् ।

प्राधिकरणले यी १४ वटै जिल्लाहरुमा ग्रामीण दूरसंचार विकास कोषको रकम उपयोग गर्दै ब्रोडब्याण्ड कनेक्सन पुर्याउन लागेको हो । प्राधिकरणले ती जिल्लाहरुका आगामी १२ जिल्लाहरुका सम्पूर्ण नगरपालिकाहरु, गाउँपालिकाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, सरकारी तथा सामुदायिक विद्यालयहरुसम्म ब्रोडब्याण्ड बिस्तार गराउने छ ।

सो टेण्डरमा सहभागी हुन ईच्छुक कम्पनीले ग्रामीण दूरसंचार विकास कोषमा गत वर्षसम्म कम्तिमा १० लाख रुपैयाँको योगदान गरेको हुनुपर्नेछ भने १००० किलोमिटरको नेटवर्क संचालन गरिरहेको तथा कम्तीमा २५ हजार इन्टरनेट सेवा प्रयादक हुनुपर्ने प्रावधान राखिएको छ।

छुट्टाछ्ट्टै टेण्डर आव्हान गरिएकोमध्ये प्राधिकरणकाअनुसार यी १४ जिल्लामा इन्टरनेट बिस्तार गर्न प्रदेश नम्बर १ का जिल्लाहरुको लागि २ अर्ब ८० करोड, प्रदेश नम्बर ५का जिल्लाहरुको लागि ६० करोड र अन्य जिल्लाहरुको लागि१ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

प्राधिकरणले काठमाडौं उपत्यकाबाहेक ७४ वटा जिल्लालाई नै १८ विभिन्न प्याकेजमा वर्गिकरण गरेर इन्टरनेट सेवा पुर्याउन लागेको छ । जसमध्ये १४ वटा प्याकेजको सम्झौता भईसकेको छ भने ४ वटा प्याकेजको काम सम्पन्न भईरहेको छ । २ वटा प्याकेजहरुको करिव ९० प्रतिशत काम सकिएको छ ।

त्यस्तै बाँकी ८ वटा प्याकेज मध्ये ३ वटा प्याकेजको काम करिब ४० प्रतिशत भएको छ ५ वटाको काम भईरहेको छ भने एउटा प्याकेजको मूल्यांकन चरणमा रहेको छ ।

प्रकाशित: १ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया