किम्को र ट्वान्टीटूमोटर्सले संयुक्तरुपमा इलेक्ट्रिक स्कूटर ल्याए, भारतभर चार्जिंग नेटवर्क

Technology Khabar ३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । किम्को र ट्वान्टीटूमोटर्सले संयुक्तरुपमा नयाँ ब्राण्डको घोषणा गरेका छन जसले भारतमा इलेक्ट्रिक स्कूटर बनाउने छ । दुबै कम्पनीले २२किम्को नामक ब्राण्डको नाममा नयाँ इलेक्ट्रिक स्कूटर विकास गर्ने र भारतभर चार्जिंग नेटवर्क बिस्तार गर्ने घोषणा गरेका हुन् ।

दुबै कम्पनीहरुले गत वर्षमात्र योजनाबद्ध सहकार्यको घोषणा गरेका थिए । अब भने नयाँ ब्राण्डको नाममा मोबिलिटी स्टार्टअप ल्याएको हुन् ।

२२मोटर्सको इलेक्ट्रिक स्कूटर आईफ्लो नाममा गत वर्ष सार्वजनिक गरिएको थियो । जसमा किम्कोको ब्याट्री प्रयोग गरिएको थियो भने भारतमा नै सो स्कूटर २२किम्को भेन्चरको नाममा बनाईएको थियो ।

यो स्कूटर यहि अगस्तदेखि भारतको बजारमा करिब १,२९० अमेरिकी डलर मूल्यमा उपलब्ध हुनेछ जसमा एडभान्स इन्टरनेट अफ थिंग्स फीचर प्रयोग गरिएको छ भने यसमा पटहोल डिटेक्सन एण्ड वार्निंग सिस्टम राखिएको छ ।

यो स्कूटर ब्याट्री बाहेक मात्र उपलब्ध हुनेछ भने चालकहरुले स्कूटरको ब्याट्री २२किम्को ब्याट्री स्वाप स्टेशनमा साटासाट गर्न सक्नेछन् । यो ताइवानमा रहेको गोगोरो ब्याट्र स्वाप मोडल जस्तै हो । जसमा राइडलर स्कूटर मात्र किन्न सक्नेछन भने ब्याट्री कम्पनीको मातहतमा रहनेछ ।

इलेक्ट्रिक स्कूटर बाहेक कम्पनीले दुईवटा ग्यास पावरबाट चल्ने स्कटूर पनि भारतमा सोहि ब्राण्डमा लन्च गरेको छ ।

२२किम्कोले आयोनेक्स कमर्शीयल पनि घोषणा गरेको छ जसले चार्जिंग स्टेशनहरुको नेटवर्क बनाउनेछ भने इलेक्ट्रिक स्कूटरहरुको लागि आवश्यक पर्ने बिजनेस सोलुसन दिनेछ ।

प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार

तपाइको प्रतिक्रिया