फिएट क्राइस्लर र औरोरा मिलेर सेल्फ ड्राइभिंग प्रविधिको विकास गर्ने

Technology Khabar २७ जेष्ठ २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । अमेजन र सेक्वेआ क्यापिटलद्धारा प्रबद्र्धित अटोनोमस भेहिकल टेक्नोलोजी स्टार्टअप औरोराले फिएट क्राइस्लर अटोमोबिल्ससँग सेल्फ ड्राइभिंग कमर्शीयल भेहिकल विकास गर्न सम्झौता गरेकोछ ।

यो सहकार्यले फिएट क्राइस्लरले बनाउँदै गरेको र्याम ट्रक कमर्शीयल भेहिकलमा औरोराको प्रविधि उपयोग गर्न सकिनेछ । यो डिल फिएट क्राइस्लरको व्यवसायीक ब्राडहरुमा पनि उपयोग गर्न सकिने बताईएको छ ।

दुई कम्पनीहरुबिचको सम्झौतामार्फत औराराले सेल्फ ड्राइभिंग कमर्शीयल भेहिकलको विकास र प्रयोगमा उपयोगी हुनेछ ।

यो सम्झौता कति रकममा भयो भन्ने जानकारी कम्पनीले दिएको छैन् ।

अटोमेकर कम्पनीहरु तथा अन्य कम्पनीहरुले पछिल्ला दिनहरुमा सेल्फ ड्राइभिंग भेहिकल टेक्नोलोजीमा निकै रुची देखाईरहेका छन भने सोहि अनुसार रकम पनि खर्च गरिरहेका छन् । यसका साथै सेल्फ ड्राइभिंग डेलिभरी भ्यान तथा ट्रकमा पनि लगानी गरिरहेका छन् ।

अटोनोमस भेहिकल टेक्नोलोजी स्टार्टअप औरोराले यसअघि नै फक्सवागन एजी, हुन्डाई मोटर कम्पनी र चीनको बायटनसँग सेल्फ ड्राइभिंग सिस्टम विकास र परीक्षण गर्न सहकार्य गरिरहेको छ । यसको लागि औरोराले विभिन्न किसिमका सिस्टम तथा एप्लिकेसनहरु विकास गर्नेछ ।

फिएट क्राइस्लरले पनि अटोनोमस भेहिकल टेक्नोलोजीका लागि वेमोसँग सहकार्य गरिरहेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार

तपाइको प्रतिक्रिया