Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे टेक्नोलोजीजले रसियामा ५जी नेटवर्क लगाउने भएको छ । ह्वावेले हालै रसियाको टेलिकम तथा डिजिटल सर्भिस प्रोभाइडर कम्पनी एमटिएससँग ५जी टेक्नोलोजी बिस्तारको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
दुबै कम्पनीले सन् २०१९देखि २०२० सम्ममा पाइलप प्रोजेक्टअन्तरगत ५जी बिस्तार गर्ने भएका हुन् ।
हालै रसियाको क्रेमलिनमा आयोजित सेन्ट पिटसबर्ग इकोनोमि फोरमको अवसर पारेर दुबै देशका राष्ट्रपतिहरुको उपस्थितीमा सो सम्झौता गरेका हुन् ।
दुबै कम्पनीहरुले ५जीको लागि रोडम्याप तयार पारेका छन भने इन्टरनेट अफ थिंग्स र सलुसन पनि साथमा उपलब्ध गराउनेछन् । यसको लागि एमटिएसको हालको पूर्वाधार उपयोग गरिने बताईएको छ । एमटिएसको एलटिई नेटवर्कलाई अपडेट गरेर ५जी रेडी बनाउँदै विभिन्न क्षेत्रहरु र स्थानहरुमा ५जी परीक्षण गरिने ह्वावेले उल्लेख गरेको छ ।
सम्झौताअन्तरगत फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग गर्ने, उच्च गतिको नेटवर्कका साथमा गीगाबाईट एलटिई लन्च गर्ने ।
फिक्स वायरलेस एक्सेसको लागि ५जी नेटवर्क लन्च गर्ने, एमटिएसको व्यवसायीक नेटवर्कमा ५जी एनआर लन्च गर्ने, ५जी एप्लिकेसन सिनारियोहरु लागू गराउनेलगायतका विषयहरु समेटिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार