Technology Khabar २१ जेष्ठ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स र एएमडीले मोबाइल ग्राफिक्स प्रविधि र एएमडी रेडिअन ग्राफिक्स टेक्नोलोजीलाई थप विकासगर्न बहुवर्षिय रणनीति सहकार्य गरेको घोषणा गरेका छन् ।
यो सहकार्यअन्तरगत सामसंगले एमएमडी ग्राफिक्स आइपीको लाइसेन्स लिएको छ र एडभान्स ग्राफिक्स टेक्नोलोजीज एण्ड सोलुसनको विकासमा ध्यान दिने छ । विशेषगरि मोबाइल एप्लिकेसन तथा स्मार्टफोनहरुमा प्रयोग हुने ग्राफिक्स टेक्नोलोजीलाई परिस्कृत गर्ने भएको हो ।
‘प्रविधिमा आएको उल्लेखनिय परिवर्तनहरु र नयाँ अवसरहरु पत्ता लगाउँदै एएमडीसँगको हाम्रो सहकार्यले भविश्यको मोबाइल एप्लिकेसनहरुको लागि अविश्वसनिय ग्राफिक प्रडक्ट एण्ड सलुसन ल्याउनेछ,’ सामसंग इलेक्ट्रोनिक्सका सिस्टम एलएसआई बिजनेस प्रेसिडेन्ट इन्योप कांगले भने ।
एएमडीका अध्यक्ष तथा सिईओ लिसा सूले रेडिओन ग्राफिक्स टेक्नोलोजीको प्रयोग पर्सनल कम्प्यूटर, गेम कन्सोल, क्लाउड, एचपीसी मार्केटहरुमा बढ्दै गएको बताउँदै सामसंगसँगको सहकार्यले मोबाइल बजारमा ग्राफिक्स आविश्कारलाई गति प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
एएमडीले सामसंगलाई स्मार्टफोनसहित मोबाइल डिभाइसहरुमा प्रयोग गर्नको लागि आरडिएनए ग्राफिक आर्किटेक्चरको लाइसेन्स दिएको छ । यसको लागि सामसंगले एएमडी टेक्नोलोजीलाई लाइसेन्स फी र रोयल्टि तिर्नुपर्नेछ ।
प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार