अष्ट्रेलियन नेशनल यूनिभर्सिटीका विद्यार्थीको डाटा ह्याकरले चोरे, बैंक खाता नम्बर पनि लगे

  • Technology Khabar | २१ जेष्ठ २०७६, मंगलवार
अष्ट्रेलियन नेशनल यूनिभर्सिटीका विद्यार्थीको डाटा ह्याकरले चोरे, बैंक खाता नम्बर पनि लगे
सांकेतिक

काठमाडौं ।

काठमाडौं । अष्ट्रेलियाको टप श्रेणीमा पर्ने विश्वविद्यालयमा ह्याकरहरुले विभिन्न जानकारहरु चोरेका छन् । अष्ट्रेलियन नेशनल यूनिभर्सिटीले ह्याकरहरुले गत वर्ष आफ्नो विश्वविद्यालयको बिद्यार्थीहरुको संवेदनशिल डाटा चोरी गरेको जानकारी दिएकोछ ।

सो विश्वविद्यालयकाअनुसार ह्याकरहरुले विद्यार्थीहरुको बैंक खाता नम्बर र पासपोर्टको विबरणहरु पनि लगेका छन जसमा दुई दशक पुरानो डाटाहरु समेत रहेका छन् ।

अष्ट्रेलियन नेशनल यूनिभर्सिटीकाअनुसार यो डाटा चोरी एक परिष्कृत अपरेटरले गरेको बताएको छ ।

यसअघि गत वर्षको साइबर आक्रमणको बारेमा पनि विश्वविद्यालयले जानकारी दिएको थियो जसमा संवेदनशिल डाटा सुरक्षित भएको बताएको थियो ।

तत्कालिन समयमा मिडिया रिपोर्टहरुले भने सो साइबर ह्याकिंग चीनबाट गरिएको उल्लेख गरेका थिए ।

वल्र्ड यूनिभर्सिटी र्याकिंगकाअनुसार अष्ट्रेलियन नेशनल यूनिभर्सिटी अष्ट्रेलियाको उत्कृष्ट विश्वविद्यालयमा पर्दछ र उच्च सरकारी अधिकारीहरु सो विश्वविद्यालयबाट उत्तिण भएका थिए ।

सो चोरी भएको डाटामध्ये विशेषगरि विभिन्न डिपार्टमेन्टहरुमा काम गरिरहेका मानिसहरुको बारेमा भएको जानकारीहरु निकै उपयोगी हुनसक्ने किसिमको भएको बताईएको छ ।

उता चीनले भने सो आक्रमणमा चीनको कुनै आबद्धता वा संलग्नता नभएको बताएको छ । एजेन्सी

प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार