
काठमाडौं ।
काठमाडौं । अबदेखि अमेरिकाको भीसा आवेदकहरुले आफ्नो सामाजिक संजाल सम्बन्धित जानकारी समेत दिनुपर्ने भएको छ । अमेरिकी स्टेड डिपार्टमेन्टले अमेरिकाको लागि भीसा निवेदन दिँदा सँगसँगै सोसल मिडिया यूजरनेम, पहिलेको इमेल एड्रेस, फोन नम्बरहरु पनि उल्लेखगर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ निवेदनको ढाँचाले अमेरिका भ्रमण गर्ने १ करोड ५० लाख मानिसहरु प्रभावित हुने बताईएको छ । यो नयाँ नियम ट्रम प्रशासनको नयाँ नीतिअन्तरगत आएको हो ।
ट्रम प्रशासनले गत मार्चमा यस्तो बिवरणहरु बुझाउनुपर्ने प्रस्ताव गरेको थियो भने हाल स्टेट डिपार्टमेन्टले सामाजिक संजालसम्बन्धि जानकारीहरु दिनुपर्ने गरी आवेदन फाराम अपडेट गरेको हो ।
‘राष्ट्रिय सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्दछ, जतिबेला भीसा आवेदनको निर्णय गर्दछौं, र अमेरिका यात्रा गर्न चाहने संभावित हरेक व्यक्तिले हाम्रो बृहत सुरक्षा संरचनामार्फत जानुपर्ने हुन्छ,’ डिपार्टमेन्टले भनेको छ । स्टेट डिपार्टमेन्टले अमेरिकी नागरिकको सुरक्षाका लागि निरन्तर स्क्रीनिकंग प्रकृयालाई सुधार गर्ने तरिका खोज्ने उल्लेख गरेको छ ।
यसअघि केलब ती व्यक्तिहरुले मात्र इमेल, फोन नम्बरहरु, सामाजिक संजालको जानकारी दिनुपर्दथ्यो, जसलाई अतिरिक्त जाँच गर्नुपर्दछ भन्ने पहिचान गरिन्थ्यो । यस्तो करिब ६५ हजार आवेदनहरु यो वर्गमा पर्ने गरेका थिए ।
यसबाहेक निवेदनकले यसअघि विगत ५ वर्षदेखि प्रयोग गरिरहेको ईमेल एकाउन्टको बारेमा पनि जानकारी दिनुपर्ने छ । यसका साथमा फोन नम्बर, अन्तराष्ट्रिय ट्राभल र फिर्ता भएको स्ट्याटस तथा कुनै परिवारको सदस्य आतंककारी गतिबिधिमा संलग्न भएको छ भने पनि जानकारी दिनुपर्नेछ ।
स्टेट डिपार्टमेन्टको नयाँ नियम परिवर्तनअनुसार हाल ७ लाख १० हजार आप्रवासी भीसा आवेदनहरु तथा १ करोड ४० लाख नन इमिग्रेन्ट गैर आवासीय भीसा आवेदनहरु प्रभावित हुने भएका छन् ।
प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार