
काठमाडौं ।
काठमाडौं– सामसंग मोबाइलको नयाँ सर्भिस सेन्टर जनकपुरमा संचालनमा आएको छ । नेपाल भरी १७ वटा सामसङका सेवा केन्द्रहरु संचालन गरिरहेको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा संचालन गरेको हो।
आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।
प्रत्येक सेवा केन्द्रको स्थापनासँगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी दिएको छ।
प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार