चीनमा निर्मित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल थ्री लन्च, अमेरिकाको भन्दा १३ प्रतिशत सस्तो

Technology Khabar १७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले मेड इन चाइना मोडल थ्री लन्च गरेको छ । कम्पनीले पहिलो पटक चीनमा आफ्ना विभिन्न इलेक्ट्रिक भेहिकल गाडिहरु उत्पादन गर्नेक्रममा पहिलो गाडि मोडल ३ लन्च गरेको हो ।

अमेरिकी इलेक्ट्रिक भेहिकल निर्माता टेस्ला इंकले यो गाडि अमेरिकामा निर्माण भएको मोडल थ्री भन्दा १३ प्रतिशत सस्तो मूल्यमा सार्वजनिक गरेकोछ । कम्पनीले मोडल थ्रीको मूल्य ३,२८,००० यूआन अर्थात करिब ४७ हजार ५ सय अमेरिकी डलर तोकेको छ । यो नयाँ गाडि आगामी ६ महिनाभित्र अर्डर गरेका ग्राहकहरुलाई उपलब्ध गराईनेछ ।

कार मेकर कम्पनीले चीनमा जनवरीदेखि नयाँ फ्याक्ट्री बनाएको छ जहाँबाट पहिलो चरणमा टेस्ला मोडल ३ कारहरु उत्पादन गरिनेछ ।

कम्पनीकाअनुसार चीनमा अहिले उपलब्ध टेस्लाको मोडल थ्री भन्दा नयाँ गाडिको स्ट्याण्डर्ड रेन्ज प्लस मोडल ३ ४९,००० यूआन सस्तो पर्नेछ । चीनमा बनेको मोडल ३ को अधिकतम मूल्य ५,२२,००० यूआनसम्म तोकिएको छ ।

यो गाडि खरिद गर्नका लागि ग्राहकहरुले केबल २० हजार यूआन डिपोजिट गरे पुग्नेछ भने यो गाडि मासिक किस्ता १,१०० यूआनमा किन्न सकिने कम्पनीले वेबसाइटमार्फत जानकारी दिएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया