नेपाल टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट दिने

  • Technology Khabar | १५ जेष्ठ २०७६, बुधबार
नेपाल टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट दिने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।

यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको जानकारी दिएको छ।

आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार