ओपो प्रिमियम सेग्मेन्टमा तिब्र बृद्धिदर हात पार्ने स्मार्टफोन ब्राण्ड घोषित

  • Technology Khabar | १५ जेष्ठ २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । गत महिना काउन्टरपाईण्ट रिसर्चले ओपोलाई वैश्विक स्तरमै सन् २०१८का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न सफल कमपनी घोषित गरेको छ । आश्चर्यजनक ८६३ प्रतिशत वृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

यस आश्चर्यजनक बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससंगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेतापनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको छ ।

अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइण्ड एक्स रहेको छ । प्यारिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्सले यसमा रहेको पानोरामिक आर्क स्क्रिन र आकर्षक पपअप क्यामेरा र स्लिक डिजाइनका लागि विशेष वाहवाहीपनि बटूल्यो ।

फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८को अन्त्य तिर सार्वजनिक ओपो आर१७ प्रोका लागि प्राप्त सफलताको पनि यसमा उल्लेख्य भुमिका रहेको छ । फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्सका साथै ब्राण्डका नवप्रवेशी माझ समेत निकै लोकप्रिय रहन सफल भयो ।

बजारको कुरा गर्दा चिनिया बजारमा दरिलो उपस्थितीका साथै नव प्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल रह्यो । फ्रान्स, स्पेन, ईटाली र नेदरल्याण्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४०ओटा भन्दा माथी पु¥याउन सफल भयो । बजार प्रवेशलाई थप सुदृद्ध तुल्याउन कम्पनीले स्पेनमा टेलिफोनिका र फ्रान्समा अरेन्ज लगायत नयाँ क्यारियर सम्बन्धहरुका साथै ओपो स्मार्टफोन्सको बजार तथा सेवाका लागि अग्रणी खुद्रा विक्रेताहरु संगपनि सम्बन्ध तथा सहकार्य स्थापित गरेको छ ।

प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धिचक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्टफोन्सको प्रवेश संगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टरपोइण्टको अनुमान छ । नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ।

ओपो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमा भोक ३.० लगायत नयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ । साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरे अनुसार ओपो रेनो फाइभजी भ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार