एप्पलले ल्यायो नयाँ आइपड टच, एआरकीट तथा ग्रुप फेसटाइम सपोर्ट गर्ने

  • Technology Khabar | १४ जेष्ठ २०७६, मंगलवार
एप्पलले ल्यायो नयाँ आइपड टच, एआरकीट तथा ग्रुप फेसटाइम सपोर्ट गर्ने

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्नो नयाँ आइपड टच लन्च गरेको छ । कम्पनीले यसअघि आइपड टच २०१५ मा लन्च गरेको थियो भने अब नयाँ अपडेटेड भर्सन ल्याएको हो ।

नयाँ आइपड टचले यसअघिको मोडलमा उपलब्ध नभएको एआरकीट तथा ग्रुप फेसटाइम भने सपोर्ट गर्नेछ । यसअघिको ए ८ चीपमा त्यो फीचर रहेको थिएन् ।

एप्पलले अहिले भने यसलाई ए१० फ्यूजन सिस्टम चीपका साथमा ल्याएको छ भने यसको स्क्रीन ४ इन्चको छ तथा क्लासिक होम बटन राखिएको छ । यसमा भएको चीपका कारण नयाा आइपट टच आइफोन सेभेनको जस्तो क्षमता देखाउन सक्नेछ । यसमा एप्पलको आइओएस १२ भर्सन राखिएको छ ।

एप्पलको नयाँ आइपड टचको चेसिस डिजाइन भने सन् २०१२ को जस्तै पुरानो डिजाइनमा छ भने यसले टच आईडी, अथवा फेस आईडी सपोर्ट गर्दैन् । यसलाई अनलक गर्नको लागि केबल पासकोड मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

एप्पलले नयाँ आइपड टचको मूल्य ३२ जीबी स्टोरेजका लागि १९९ अमेरिकी डलर, १२८ जीबीका लागि २९९ अमेरिकी डलर, २५६ जीबी स्टोरेज अप्सनका लागि ३९९ अमेरिकी डलर तोकेको छ । यो अहिलेको आइफोन सेभेनको भन्दा कम मूल्य हो । आइफोन सेभेनको मूल्य ४९९ रहेको छ ।

नयाँ आइपड टच विभिन्न ६ वटा कलर अप्सनमा आउनेछ भने यसमा हेडसेट ज्याक पनि रहेको छ।

प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार