अटोमेकर कम्पनीहरु रेनो र फिएट क्राइस्लर एक आपसमा मर्ज हुँदै

Technology Khabar १४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । विश्वका दुई ठूला अटोमेकर कम्पनीहरु रेनो र फिएट क्राइस्लरले एक आपसमा व्यवसाय मर्ज गर्ने भएका छन् । दुबैले व्यवसाय मर्ज गरेको खण्डमा यो विश्वको तेस्रो ठूलो अटोमेकर कम्पनी हुनेछ जसले वार्षिक ८७ लाख गाडिहरु बिक्री गर्नेछ ।

हालै दुबैकम्पनीले ५० प्रतिशत शेयर हिस्सा हुनेगरि मर्जको प्रस्ताव गरेकाछन् ।

कम्पनीहरुले मर्ज गर्नुको कारणमा पछिल्लो दिनमा बढिरहेको नियमहरुको दबाब, घट्दो बिक्री र बढ्दो लागत तथा नयाँ प्रविधिको विकास लगायत रहेका छन् । अटो कम्पनीहरुले इलेक्ट्रिक भेहिकल र अटोनोमस भेहिकल टेक्नोलोजीबाट पनि चुनौती पाईरहेका छन् ।

प्रस्तावअनुसार दुबै कम्पनीका शेयरधनीहरुसँग समान प्रतिशतको शेयर हुनेछ भने बोर्ड ११ सदस्यीय हुनेछ ।

यी दुबैको मुख्य कम्पनीलाई इटाली, पेरिस र अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा सूचिकृत गरिनेछ ।

फ्रेन्च कम्पनी रेनोको निसान मोटरसँग एकबद्धता रहेको छ तर सो सम्बन्ध पछिल्लो दिनमा समस्यामा छ ।

फिएट क्राइस्लर इटालीको कम्पनी हो जसले अमेरिकामा जीप र र्याम ट्रक बनाउन परिचित छ । त्यसैगरि योसँग अल्फ रोमियो, फिएट, लान्सिया र मसेराटी ब्राण्ड रहेको छ ।

दुबैको मर्ज भएमा २ लाख मानिसहरुले रोजगारी पाउने छन भने कुनैपनि फ्याक्ट्री बन्द नहुने मर्जरको प्रस्तावमा उल्लेख छ । एजेन्सी

प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया