
काठमाडौं ।
काठमाडौं । विश्वभर लोकप्रिय रहेको भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्स सो एपलाई थप लोकप्रिय बनाउने क्रममा लागिरहेको छ । बाइटडान्स टिकटकका साथै मेसेजिंग एप फेलिओ र वर्क कोल्याबरेसन टूल लार्कमा निकै सक्रिय रहेको छ ।
अब भने कम्पनीले सफ्टवेयरभन्दा बाहिर गएर हार्डवेयरमा पनि कदम बढाउने भएको छ ।
बाइटडान्सले आफ्नै ब्राण्डको नयाँ स्मार्टफोन विकास गर्नेयोजनामा लागिरहेको हालै रिपोर्ट आएको छ ।
हाल सो बारेमा धेरै जानकारी नभएपनि आफ्ना यूजर्सको संख्या बढाउन चिनियाँ इन्टरनेट कम्पनीहरुले यस्तो कार्य गरिरहेका हुन्छन् ।
यसअघि बाइटडान्सले पहिलो पटक गत वर्ष आफ्नो लक्षित आम्दानी हासिल गर्न असफल भएको थियो ।
बाइटडान्सको समानान्तर कम्पनीरु जसमा सेल्फी एप मेकर मेईटूले पनि आफ्नै प्रि लोडेड स्मार्टफोन बनाएको थियो जसलाई हालै साओमीलाई बिक्री गरेको थियो ।
प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार