नेपाल टेलिकमको ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँमा पाईन्छन यस्ता सुबिधा

  • Technology Khabar | १३ जेष्ठ २०७६, सोमबार
नेपाल टेलिकमको ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँमा पाईन्छन यस्ता सुबिधा
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा जेठ १४ गते मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ (Republic Day Offer) उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ Republic Day Combo Pack उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार