एनसेलको भारतमा रोमिङ्ग सेवा, १ सय रुपैयाँमा दैनिक अनलिमिटेड रोमिङ्ग इन्टरनेट

  • Technology Khabar | १० जेष्ठ २०७६, शुक्रबार
एनसेलको भारतमा रोमिङ्ग सेवा, १ सय रुपैयाँमा दैनिक अनलिमिटेड रोमिङ्ग इन्टरनेट

काठमाडौं ।

काठमाडौं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवा लिन पाउने भएका छन्।

भारत भ्रमणमा जाँदा ग्राहकले आफ्नो एनसेल सिम साथमै लगेर १०० रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करसहित १२७ रुपैयाँ ६९ पैसामा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन्।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन्। एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने बताईएको छ।

अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन। ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगे पछि पनि लिन सक्ने कम्पनीले जनाएको छ।

यो सेवाबाट लाभ लिन ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन्।

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...