सांग्रिला डेभलपमेन्ट बैंकको मोबाईल बैंकिङ्ग सेवा, स्मार्ट भी फाईभको शुरुवात

  • Technology Khabar | ६ जेष्ठ २०७६, सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकको मोबाईल बैंकिङ्ग सेवा, स्मार्ट भी फाईभको शुरुवात

काठमाडौं ।

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ। नयाँ मोबाईल बैंकिङ्ग सेवा (बैंक स्मार्ट) मा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लगइन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंकले स्मार्ट भी फाईभको शुरुवात गरेको हो ।

नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स एसएमएस र जिपिआरएस दुबैबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स जस्ता सुविधाहरु दिंदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।

बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यो सुविधाको थालनी गरेको जनाएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...